- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

२०७ औँ भानु जयन्तीमा अभिनवको विशेष साहित्यिक कार्यक्रम

July 11, 2020
479
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शनिबार, २७ असार २०७७ । आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीका अवसरमा अभिनव साहित्य समाजले जोरपाटीमा विशेष कवि गोष्ठीको आयोजना गरेको छ ।

समाजले प्रत्येक महिनाको अन्तिम शनिबार वि सं २०५८ फागुन २५ गतेदेखि साहित्यिक शृङ्खलाको आयोजना गर्दै आएको छ । आजको कार्यक्रम २२१औँ शृङ्खलाको हो । विगत वर्षदेखि नै असारको अन्तिम शनिबार आदिकवि भानुभक्त आचार्यको जयन्ती र असारे लोक भाका विशेष कार्यक्रम गर्ने गरिएकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने भएकाले भौतिक दूरी कायम गरी सीमित मानिसबीच कार्यक्रम गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण तीन महिनाको शनिबार जुम प्रविधिबाट कविता वाचन गरिएको सो अवसरमा जानकारी गराइएको थियो । १८ जना कवि एवं कवयित्रीले भानुभक्तको रामायण, नेपाली साहित्यमा भानुभक्तको योगदान, असारे लोक भाकालगायत विषयमा कविता वाचन गरेका थिए ।

कार्यक्रममा सूर्य चापागाईं, शैलेन्द्र श्रेष्ठ, नवराज पुडासैनी, मेनका आचार्य, रामकुमार पण्डित, डा. विदुर चालिसे, विजय चालिसे लगायतले रचना पाठ गरेका थिए । समाजले २०७औँ भानु जयन्तीका अवसरमा सोमबार जोरपाटीमा विशेष साहित्यिक कार्यक्रम गर्ने जानकारीसमेत दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com