- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अमेरिका गाेरखा सम्पर्क समाजद्वारा कोरोनाबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

July 11, 2020
761
Shares
- ADVERTISEMENT -

गोरखा, २७ असार २०७७ । अमेरिका गाेरखा सम्पर्क समाजबाट कोरोना भाइरसबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

गोरखाको पालुङटार नगरपालिकाका नगर प्रमुख ई.दीपक बाबू कंडेलको समन्वयनमा अमेरिका गाेरखा सम्पर्क समाजबाट पालुङटार नगरपालिका-७ का काेभिड १९ काे कारण मृत्यु भएकाे परिवारका सदस्यलाई रू एक लाख एघार हजार एक सय एघार रुपैयाँकाे चेक हस्तान्तरण गर्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पालुङटार नगरपालिकाका नगर प्रमुख ई.दीपक बाबू कंडेलले उक्त चेक परिवारका सदस्यलाई हस्तान्तरण गर्नु भएको थियो ।

पालुङटार नगरपालिकाका ४४ वर्षिय पुरुष गत असार १६ गते कतारबाट नेपाल फर्की १७ गते पालुङटार पुग्नु भएको थियो । कोरोना पोजेटिभ भएको पुष्ठि भए लगतै उपचारका लागि उहाँलाई गोरखा अस्पताल पुर्याइएको थियो | उहाँको उपचारका क्रममा गत असार २० गते शनिबार बिहान पाच बजेर पाच मिनेटमा मृत्यु भएको गोरखा अस्पतालले घोषणा गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com