- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान नेता खरेल र बादेलाई

July 9, 2020
775
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बिहिबार, २५ असार २०७७ । गणेशमान सिंह फाउण्डेसनले ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’ सम्मानद्वारा नेपाली काँग्रेसका नेता राजेन्द्र खरेल र गोपालदास बादेलाई सम्मानित गरेको छ ।

गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष एवं काँग्रेसका नेता प्रकाशमान सिंहले आज नेताद्वयको घरमै पुगेर उनीहरुलाई सम्मान गरेका हुन् । नेता खरेलको निवास नयाँ बानेश्वर र नेता बादेको निवास बनेपामा पुगी सम्मान गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

काँग्रेसमा रहेर निष्ठाको राजनीति गरेका र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्च मूल्याङ्कनसहित सम्मान गरिएको नेता सिंहले जानकारी दिए । उनीहरुलाई नगद रु २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिष्ठानले उनीहरुलगायत श्रीपतिदास जोशी, शिवगोपाल रिसाल, सानु मानन्धर, श्यामलाल श्रेष्ठ, प्रदीपमान श्रेष्ठ, माथवरसिंह बस्नेत, अञ्जु बस्नेत, भरत उप्रेती र रेवतीरमण सुवेदीलाई सम्मान गरिएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रजलाई उनीहरुको योगदानको सम्मानस्वरुप सम्मान गर्दैजाने फाउण्डेसनले जनाएको छ । बन्दाबन्दीका कारण विशेष कार्यक्रम गर्न नसकिएकाले भौतिक दूरी कायम गर्दै उनीहरुको निवासमै पुगेर सम्मान गरिएको फाउण्डेशनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com