काठमाडौं, बुधबार, २४ असार २०७७ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष राजीव ढुँगाना नेतृत्वमा गएको टोलीले आज बुधबार नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएको संघकी महामन्त्री उर्मिला थपलियाले जानकारी दिनुभयो ।
लकडाउनले आम उपभोक्ताको आम्दानी घटेका बेलामा मूल्यवृद्धि गर्नु अमानवीय भएको नेविसंले बताएको छ ।
लकडाउनको ३ महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्यवृद्धि हुँदा पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ मूल्यवृद्धि गर्नु गलत भएको धारणा संघले व्यक्त गरेको छ ।








































