- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

क्वारेन्टाईनमा रहेका युवाहरुसंगै छमछमी नाचेका प्रहरी जवान प्रशंसा बटुल्दै

July 8, 2020
634
Shares
- ADVERTISEMENT -

पाल्पा, बुधबार, २४ असार २०७७ । क्वारेन्टाईनमा रहेका युवाहरुसंगै छमछमी नाचेका इलाका प्रहरी कार्यालय रामपुरका एक प्रहरी जवानले यति बेला चर्चा बटुल्न सफल हुनु भएको छ । क्वारेन्टाईनमा रहेका युवाहरुको सुरक्षामा खटिएका २६ वर्षिय प्रहरी जवान जय प्रकाश चौधरीको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

प्रहरी भन्ने वित्तिकै अपराधी समाउने, सजाय दिने जस्ता बुझाई रहेकोमा उहाँको व्यवहारले प्रहरीले समाज रुपान्तरणसंगै पिडामा रहेकाहरुलाई साथ पनि दिन्छन् भन्ने सन्देश दिएको भन्दै निकै प्रशंसा भएको छ । भारत तथा तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवाहरुको हौसलाका लागि बर्दी मै नाच्नु भएको उहाँको भिडियो हेर्ने जो कोहीले समग्र प्रहरी संगठनको प्रसंशा गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत दाङको राप्ती गाउँपालिका ८ देउखुरीका चौधरी लकडाउन सुरु भएसंगै रामपुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनको सुरक्षामा खटिनु भएको थियो ।

अधिकांश क्वारेन्टाईनको नजिक पर्न डराए पनि उहाँले वडा नं. ५ को बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइन र वडा नं. ४ को सीताराम मावि सदावर्तको क्वारेन्टाइनमा गरी ९४ दिन सम्म २४ सै घण्टा खटिनु भएको थियो । बालकल्याणको क्वारेन्टाइन पश्चात जेठ १२ गते भारतबाट आएका १३ जना युवाहरुलाई क्वारेन्टाइनमा राखेसंगै उहाँ सुरक्षार्थ पुन सीताराम माध्यमिक विद्यालयमा खटिनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सोही क्रममा क्वरेन्टाइन स्थलमा तानेको डोरी बाहिर उहाँ र भित्र युवाहरु नाचेको भिडियो भाईरल भएको हो । भिडियो असार ९ गते अपलोड भए पनि भिडियोले अहिले आएर सामाजिक सञ्जाल फेसबुकको भित्ता भरिएको छ । १३ जना युवाहरु मध्ये २ जनामा संक्रमण देखिएसंगै कन्ट्रयाक ट्रेसिङ्गमा परेका ११ जनालाई जेठ २६ गते स्वाव संकलनपछि क्वारेन्टाइनमै राखिएको थियो । चौधरीले भन्नुभयो, ‘लामो समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बस्नेहरु आत्तिएका थिए । कतिपय त भाग्छु भनेका थिए । गित बजाउन स्पिकर ल्याए पछि दिन कटाउन उनीहरुलाई सहज भयो । भाग्छु भन्न छाडे ।’

उहाँले युवाहरुलाई साथ दिन र हौसला बढाउनका लागिसँग संगै नाचेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘यसरी भिडियो भाईरल होला भनेर त एक मनले पनि सोचेको थिएन । उनीहरुसंगै दुरी कायम गरे नाच्दै रमाउँदै आएका थियौ । ८ गते ११ जनाको रिपोर्ट नेगेटिभ आयो । खबर सुने पछि उनीहरु रातभरी नाचेका थिए । संगै मैले पनि साथ दिएको थिएँ ।’ सोही समयको नाचेको भिडियो क्वारेन्टाइनमा रहेका रामपुर ९ का देव खन्गाहा मगरले असार ९ गते फेसबुकमा पोष्ट गर्नुभएको थियो ।

८ वर्षदेखि प्रहरी सेवामा रहनु भएको चौधरीलाई २÷३ दिन यता भिडियो भाईरल भए संगै धन्यवाद सहितको फोन आउन थालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com