Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:२८ बिहान
- ADVERTISEMENT -

काँग्रेससँग आबद्ध १५ भ्रातृ संस्थाले क्वारेन्टिन व्यवस्थापनका लागि रु एक लाख ७९ हजार सहयोग

प्रकाशित मिति: २०७७ असार २३, मंगलबार

946
Shares

बागलुङ, मंगलबार, २३ असार २०७७ । नेपाली काँग्रेससँग आबद्ध १५ भ्रातृ संस्थाले क्वारेन्टिन व्यवस्थापनका लागि रु एक लाख ७९ हजार सहयोग जुटाएका छन् ।

सो रकममध्ये रु २० हजार आज बागलुङ नगरपालिकाकाको कोरोना व्यवस्थापन कोषलाई प्रदान गरिएको छ । काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापासहित भ्रातृ सङ्गठनका पदाधिकारीले संयुक्तरुपमा उक्त सहयोग रकम नगरप्रमुख जनकराज पौडेललाई हस्तान्तरण गर्नुभयो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने नेपाल महिला सङ्घ बागलुङकी अध्यक्ष सकुन्तला शर्माले बताउनुभयो । “भ्रातृ तथा शुभेच्छुक सङ्गठनबाट यो रकम उठाएका हौँ”, उहाँले भन्नुभयो, “जिल्लाका दशै वटा स्थानीय तहमा क्वारेन्टिन व्यवस्थापनका लागि हामीले सहयोग गर्दैछौँ ।” भूतपूर्व सैनिक सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दललगायत सहयोगमा जोडिएका छन् । काँग्रेस जिल्ला सभापति थापाले सहयोग रकमको सही सदुपयोग हुनेमा विश्वास लिनुभयो ।नगरप्रमुख पौडेलले सबैको साझा प्रयास र सहकार्य भएमा मात्र सङ्कटसँग जुध्न सकिने धारणा राख्नुभयो । उहाँले क्वारेन्टिन व्यवस्थापनमा देखिएका समस्या सुल्झाइने जानकारी दिनुभयो ।

नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट गरी हालसम्म रु ३१ लाख ६५ हजार रकम जम्मा भएको छ । सो कोषको रकम राहत, उद्धारका साथै कोरोना रोकथाममा खर्च गर्ने गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -