Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२०:४४ दिउँसो
- ADVERTISEMENT -

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने समाजवादीको निर्णय

प्रकाशित मिति: २०७७ असार २३, मंगलबार

705
Shares

काठमाडौँ, मंगलबार, २३ असार २०७७ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

आज मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । पार्टीको ह्विप नमानेकी सांसद गिरीलाई कारबाही गर्न पार्टीको कार्यदलले सिफारिस गरेको थियो ।

भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा निसान छापमा राख्नका लागि गरिएको संविधान संशोधनमा सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेकी थिइन् । सांसद गिरीले नक्सा संशोधन गर्न संसद्‍मा दर्ता गराएको विधेयकमा संसोधन प्रस्ताव दर्ता गराउँदै तत्काल ती क्षेत्र नेपालको नक्सामा समावेश गर्न नहुने बताएकी थिइन् ।

पार्टीेको बैठकले गिरीलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो । तर गिरीले दलको ह्वीप उल्लंघन गरी प्रस्ताव फिर्ता नलिएपछि पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो । जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो तर, सांसद गिरी भने संसदमा बोल्न नपाएपछि बैठक चलिरहँदा बाहिरिएकी थिइन् ।

सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -