- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाल तरुण दल गोरखाद्वारा गोरखा नगरपालिकालाई मास्क र सेनिटाइजर सहयोग

July 7, 2020
933
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, २३ असार २०७७ । नेपाल तरुण दल गोरखाले गोरखा नगरपालिकालाई मास्क र सेनिटाइजर सहयोग गरेको छ ।

बढ्दो कोरोनाको संक्रमण जोखिम न्यूनिकरणका लागि भन्दै तरुण दलले काेराेना राेकथाममा खटिने नगरपालिकाका कर्मचारी लाई ५ सय थान सजिर्ककल मास्क र ५ लिटर सेनिटाइजर सहयोग गरेको बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

सोही सहयोग सामाग्री दरुण दल गोरखाका कार्यवहाक अध्यक्ष आनन्द गुरुङ (काजी) ले नगरप्रमुख राजनराज पन्तलाई सोमबार नगरपालिकाको कार्यालयमा हस्तान्तरण गरेका हुन । कार्यक्रममा नेपाली काँग्रेस तरुण विभागका जिल्ला संयाेजक ध्रुव पन्तकाे समेत सहभागिता रहेकाे थियाे ।

त्यस्तै नेपाल तरुण दल गोरखाले कार्यसमितिमा ३ जनालाई मनोनित गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यवहाक अध्यक्ष गुरुङको अध्यक्षतामा सोमबार नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको बैठकले गोरखा नगरपालिका १२ का मनोज देवकोटालाई उपाध्यक्षमा मनोनित गरेको प्रवक्ता सन्तोष दुवाडीले जानकारी दिए ।

त्यस्तै विनोद पन्थ र सुरेन्द्र कुमाल कार्यसमिती सदस्यमा मनोनित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com