- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखा जिल्लाका बाँकी गाउँपालिकाहरुमा असार २२ र २३ गते भिटामिन ए र जुकाको औषधी खुवाइने

July 6, 2020
687
Shares
- ADVERTISEMENT -

गोरखा, सोमबार, २२ असार २०७७ । गोरखा जिल्लामा राष्ट्रिय कार्यक्रम अन्र्तगत आज र भोली बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ ।

गत बैशाख ५ र ६ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम भएपनि कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण स्थगित भएका जिल्लाका बाँकी गाउँपालिकाहरुमा असार २२ र २३ गते कार्यक्रम सञ्चालन लागिएको स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्य निरिक्षक नवराज खड्काले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

गोरखा जिल्लामा दादुरा रुवेला खोप कार्यक्रम सञ्चालन गर्दा केही स्थानीय तहहरुमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सम्पन्न भईसकेको भएपनि बाँकी रहेका स्थानीय तहहरुमा भने राष्ट्रिय कार्यक्रम अन्र्तगत आज र भोली खुवाउने तयारी भएको उहाँले बताउनुभयो । जनस्वास्थ्य निरिक्षक खड्काका अनुसार जिल्लाको शहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका, गोरखा नगरपालिका, आरुघाट गाउँपालिका, चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिकामा भने कार्यक्रम सम्पन्न भईसकेको छ ।

त्यस बाहेक बाँकी रहेका भीमसेन थापा गाउँपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा भने कार्यक्रम सञ्चालन हुने जनाइएको छ । गोरखा जिल्लामा यस पटक जिल्ला भर ६ महिनादेखि ५ बर्षसम्मका २२ हजार १ सय २२ जना बालबालिकालाई भिटामिन ए र १९ हजार ३ सय २७ जना ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधी खवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन समेत रहनु भएका खड्काले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रम सञ्चालन गर्न बाँकी रहेका सवै खोपकेन्द्रमा भिटामिन ए र जुकाको औषधी पु¥याई सकिएको उहाँको भनाई छ । बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउदा उनीहरुको शरिरमा रोगसंग लड्न सक्ने क्षमताको बिकास हुने र शारिरिक बिकास छिटो हुने भएकाले अनिवार्य खुवाउनु पर्ने जनस्वास्थ्य निरिक्षक खड्काले बताउनुभयोे । ६ महिना मुनीका बालबालिकाहरुलाई आमा दुधमात्र पनि खुवाउदा पर्याप्त हुने भएकाले भिटामिन ए खुवाउनु नपर्ने उहाँले भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com