- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा आज शनिबार कोरोना संक्रमितको शव १२ घन्टापछि व्यवस्थापन

July 4, 2020
631
Shares
- ADVERTISEMENT -

गोरखा, शनिबार, २० असार २०७७ । स्थानीयको अवरोध हटाएर १२ घन्टापछि कोरोना संक्रमितको शव ब्यवस्थापन गरिएको छ । शनिबार बिहान ५ बजेर ५ मिनेटमा निधन भएका व्यक्तिको शव साँझ ६ बजे सहिद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ को सीमा क्षेत्रअन्तर्गतको लुदी दोभानमा व्यवस्थापन गरिएको हो ।

नेपाली सेनाको रणसिं दल गणका नेपाली सेनाको टोलीले विशेष स्वास्थ्य सुरक्षा र सतर्कता अपनाएर शवको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘परम्पराअनुसार शव गाड्यौं, सम्मान व्यक्त गर्‍यौं,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने,‘केही तनावका स्थिति पनि सिर्जना भयो, यसको मूल्याङ्कन अब भोलिको बैठकमा गर्छौं ।’

- ADVERTISEMENT -

Advertisement

लुदी दोभानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका थिए । प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हटाएर शव व्यवस्थापन गरेको हो । कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्ने स्थानीयलाई तितरवितर गर्न प्रहरीले लाठीचार्ज गरेको थियो ।

अवुवाबाट लुदी दोभान छिर्ने बाटोमा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो । संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि अवुवा क्षेत्र शनिबार दिनभर तनावग्रस्त बन्यो । पालुङटारका व्यक्तिको शव लुदी दोभानमा गाड्न लागिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । भीड तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

- ADVERTISEMENT -

Advertisement

लुदी दोभानमा भेला भएका स्थानीयलाई तितरबितर गर्न केही राउन्ड अश्रुग्यास प्रहार गरेको गुरुङले बताए । गुरुङका अनुसार डाँडामा भेला भएका स्थानीयले पनि प्रहरीमाथि ढुंगामुढा गरेका थिए । ‘सात/आठ राउन्ड अश्रुग्यास प्रहार गरेर भीड तितरबितर बनायौं,’ उनले भने ।

जिल्ला सुरक्षा समिति बैठकले लुदी दोभानमा शव व्यवस्थापन गर्ने शनिबार नै निर्णय गरेको थियो । पालुङटार नगरपालिका–७ का ४४ वर्षीय ती पुरुष कतारबाट फर्किएर १७ गतेमात्र पालुङटार आइपुगेका थिए । १८ गते नमुना संकलन गरी कोरोना परीक्षणका लागि पठाउँदा शुक्रबार संक्रमण पुष्टि भएको थियो । शुक्रबार राति नै गोरखा अस्पतालको आइसोलेसनमा भर्ना भएका ती पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com