- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शीर्ष नेताको घर घेर्ने तयारीमा नेकपाका युवा नेताहरु !

July 4, 2020
487
Shares
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, २० असार २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेताहरुले पार्टी एकताका लागि व्यापक दवाव सिर्जना गर्ने भएका छन् । नेताहरुसँग आन्तरिक छलफलदेखि घर घेर्नेसम्मको कार्यक्रम तय गरेका छन् ।

जनमत र जनभावनाको सम्मान गर्दै पार्टीभित्र देखिएको अन्तरविरोधको अन्त्यका लागि शीर्ष नेताहरुलाई दवाव दिन युवा नेताहरुको सक्रियता बढेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायत नेताहरुले विरोध जनाएपछि पार्टी एकता नै खतरामा पर्ने स्थिति देखिएको छ ।

विश्वमा चमत्कारिक ढुंगले ठूला दुई कम्युनिष्ट शक्तिबीच भएको एकतालाई थप उचाईमा पुर्याउन युवा नेताहरुले शीर्ष नेताहरुलाई दवाव दिइरहेका छन् । शुक्रबार प्रारम्भिक चरणमा बैठक गरेको युवा नेताहरुले आज दवाव कार्यक्रम थप सशक्त बनाउने निर्णय गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुले पार्टी एकताका लागि दवाव दिन १४ सदस्यीय दवाव टीम बनाउने भएका छन् । त्यसका लागि हरेक प्रदेशबाट दुई–दुई सांसद तथा केन्द्रीय सदस्य रहने छन् । यस्तो टीममा हरेक प्रदेशबाट पूर्वएमाले र पूर्वमाओवादीबाट बराबरी संख्यामा प्रतिनिधित्व गराएर टीम बनाउने तयारी भएको सांसद तथा केन्द्रीय सदस्य गणेश पहाडीले जानकारी दिए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री समेत रहेका नेता पार्वत गुरुङको निवासमा बसेको बैठकमा खिमलाल भट्टराई, यज्ञराज सुनुवार, गणेश पहाडी, सुरेश राई, कमला रोका, लीलानाथ श्रेष्ठ, टेकबहादुर बस्नेत, श्यामकुमार श्रेष्ठ, झपड रावल, विशाल भट्टराई सहभागी थिए ।

उनीहरुले पार्टी एकता मजबुद बनाउन निरन्तर छलफल गर्दै दवाव सिर्जना गर्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com