- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘पहिला संगठन बनाएर आऊ त्यसपछि मसँग झगडा गर´ शेर बहादुर देउवा

July 3, 2020
858
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ असार २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संस्था नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् ।

पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले नेविसंघ आपसी झगडामा रमाएको बताएका हुन् । उनले जिल्ला गएर संगठन बिस्तार गर्न पनि निर्देशन दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

‘जिल्ला जाऊ, संगठन बनाऊ । गाउँगाउँका स्कुल क्याम्पसहरुमा नेविसंघ बनाऊ । काठमाडौं बसेर विवाद गर्न लाज लाग्दैन,’ उनले भने, ‘पहिला संगठन बनाएर आऊ त्यसपछि मसँग झगडा गर्न आऊ ।’

नेविसंघप्रति निकै आक्रोशित देखिएका देउवाले आफू नेविसंघको सभापति भएरै मुलुकको चार-चारपटक प्रधानमन्त्री भएको स्मरण गराउँदै अहिलेकै अवस्थामा नेविसंघका नेता कार्यकर्ताले झगडा गरे प्रधानमन्त्री त के नेतासमेत बन्‍न नसक्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

आफू नेविसंघको अध्यक्ष भएर नै प्रधानमन्त्री भएको उल्लेख गर्दै देउवाले अहिलेको तालले यस्तो पद पाउन मुश्किल हुने ठोकुवा गरे। ‘नेविसंघको अध्यक्ष भएको मान्छे म तीन तीन पल्ट प्रधानमन्त्री भइसकें। तपाईहरु हुन सक्नुहुन्छ यस्तो हिसाबले। लाज पनि छैन यार।’

देउवाले थपे, ‘नेविसंघ जहाँ पनि हार्‍या हार्‍यै छ। हामले जता पनि जित्थे। लाज पनि छैन यार।’

देउवाले नेविसंघको नेतृत्व गउँ गाउँ जान निर्देशनसमेत दिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com