काठमाडौँ, बुधबार, १७ असार २०७७ । सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । छन्त्यालको आज (१७ असार) बिहान निधन भएको हो ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले दिएकाो जानकारीअनुसार लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौंस्थित गङ्गालाल हृदयकेन्द्रमा करिव एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो ।
कांग्रेसका तर्फबाट समानुपतिक सांसद उहाँ दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।









































