- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आज हरिशयनी एकादशी, घरघरमा तुलसी सारिँदै

July 1, 2020
550
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, १७ असार २०७७ । आषाढ शुक्ल एकादशी अर्थात् आज हरिशयनी एकादशी। घरघरमा तुलसीको विरुवा रोपिँदैछ।

हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण दिन आज निराहार व्रत बसी भगवान् विष्णु र तुलसीको पूजा अर्चना गर्ने गरिन्छ। आजबाटै चतुर्मास व्रत पनि सुरु हुन्छ।

- ADVERTISEMENT -

Advertisement

तुलसी रोप्ने घरमा देवताको बास भइरहन्छ भन्ने विश्वास जनमानसमा छ। यमदूत स्वप्नमा पनि सो घरमा पुग्न नसक्ने विश्वास गरिन्छ। तुलसीको बोटमा नियमित जल चढाउनाले मनोकामना पूरा हुने विश्वास छ।

आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास पनि भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी का दिन तुलसीविवाह गरेपछि चतुर्मास अनुष्ठान सम्पन्न हुन्छ।

- ADVERTISEMENT -

Advertisement

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म नयाँ मांगलिक कार्य गरिँदैनन्। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित पूजा पाठ अनुष्ठानलाई महत्त्व दिइन्छ। यद्यपि सनातन धर्मावलम्बीका महत्त्वपूर्ण चाडपर्व यसै अवधिमा पर्छन्।

वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन्। आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको अत्यधिक उपयोग गरिन्छ।बढी अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको वैज्ञानिक महत्त्व छ।

उपत्यकासहित देशका विभिन्न मन्दिरहरुमा पनि आज विशेष मेला लाग्ने गर्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com