Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:०९ बिहान
- ADVERTISEMENT -

जनता समाजपाटी नेपाल गोरखाले बुझायो प्रजिअ मार्फत ज्ञापनपत्र

प्रकाशित मिति: २०७७ असार १७, बुधबार

953
Shares

गोरखा, बुधबार, १७ असार २०७७ । जनता समाजबादी पार्टी नेपाल जिल्ला समन्वय समिति गोरखाले नागरिकता बिद्येयकको बिभेदकारी प्रावधान खारेजको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री नेतृत्वमा गएको टोलीले बिद्येयकको बिभेदकारी प्रावधान खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

ज्ञापन पत्रमा संसदमा हालै प्रस्तुत ‘नेपालको नागरिकता (पहिलो संसोधन) ऐन २०७७’ मा नेपाली नागरिकसंग बैबाहिक सम्बन्ध कायम गरेकी बिदेशी महिलाले नेपालको अंगिकृत नागरिकता लिन निरन्तर ७ बर्ष स्थायी बसोबास हुनुपर्ने प्राबधान प्राकृतिक न्यायको सिदान्त बिपरित रहेको उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा प्रस्तावित प्राबधानले नेपाली जनता र अन्य मुलुकका जनता बिच रहेको पारिवारिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अबरोध सिर्जना गर्ने भन्दै यसले लैंगिक बिभेदका कारण महिलाहरु प्रति असमानता, महिला हिंसा र घरेलु हिंसालाई समेत प्रोत्साहन गर्ने उल्लेख छ ।

त्यस्तै, गोर्खा सैनिकको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता दिने व्यवस्थाको मागको समेत वेवस्ता गर्दै बिदेशमा कार्यरत नेपालीहरुको सन्तानलाई समेत गैह्र नागरिक बनाइराख्ने प्रयास भएको भन्दै ज्ञापन पत्रमा घोर आपत्ती समेत जनाइएको छ । प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा गैह्र आवासिय नेपालीलार्य दोहोरो नागरिकताको व्यवस्था गर्न पनि भनिएको छ ।

संसदमा पेश भएको नागरिकताको पहिलो संसोधन प्रस्तावले बर्तमान सरकारले बिगतको बलिदानीपूर्ण आन्दोलनले स्थापित गरेका मूल्यमान्यतालाई क्रमिक रुपमा अपहरण गर्न खोजिएको अनुभूति हुन थालेको भन्दै तत्काल प्रस्ताव खारेजीको माग गरिएको छ ।

ज्ञापन पत्र बुझाएपछि पार्टीले जिल्ला प्रसासन कार्यालय भित्रै बिरोध प्रर्दशन सहित कोणसभाको आयोजना गरेको छ । सभालाई पार्टीका केन्द्रिय सदस्य रमेश पोखरेल (अटल) र जिल्ला अध्यक्ष नारायण खत्रीले सम्बोधन गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -