गोरखा, सोमबार, १५ असार २०७७ । भिमसेन थापा गाउँपालिकाका प्रवुद्द नागरिकहरुविच आजको यस संकटका घडिमा समाजमा कसरी सकारात्मक प्रयासद्वारा कोरोना भाइरस (काेभिड-१९) समुदायमा फैलनबाट राेक्न सकिएला भन्ने बिषयमा गाउँ पालिका घर भई देश विदेशमा रहनु भएका व्यक्तिहरु बिच भर्चुअल मिटिङमा सबैले आफ्नो गाउँ परिवार र समाजकाे चिन्ता व्यक्त गरेका थिए ।
आजको कोरोना भाइरस महामारीबारे सामाजिक चेतना फैलाई सम्भावित क्षतिबाट राेक्न जनताले आफ्नाे तहबाट उल्लेखनीय भूमिका निर्वाह गर्न तयार रहेकाे साे अवसरमा प्रतिवद्दता व्यक्त गरिएको मिटिङका एक सहभागीले वताएका छन् ।
लामाे अवधिदेखि सामाजिक चेतना बृद्दि तथा शैक्षिक सामाजिक क्षेत्रमा कृयाशील भई हाल त्रिभुवन विश्वविद्यालयमा सामाजिक कार्यमा पिएचडि गरिरहेका मसेल निवासी युवराज वस्ताकाेटीले शुरु गरेका उक्त अभियानमा प्रथम प्रारम्भिक छलफलका अभियन्ताका रुपमा विविध क्षेत्रका विज्ञसमेतकाे उल्लेखनीय उपस्थिति थियाे जहाँ कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ डाल प्रसाद पुडासैनी , सुन्दरवजार कृषि मणयाम क्याम्पसका उप प्राध्यापक राम कुमार श्रेष्ठ, पर्यटन व्यवसायी राजन प्रसाद काप्रि, शिक्षाकर्मि गाेकर्ण ढकाल, शंकर भट्ट , सुरेश भट, इन्जिनियर विकास पाण्डे, सञ्चार उद्दमी वद्री पाेखरेल, रामेश्वर सिंखडा, राम चन्द्र पाेखरेल, भिम प्रसाद सिंखडा, श्याम अंगाई,सञ्चारकर्मि विमल भट्ट, युवाहरु मनाेज वगाले, विशारत वाग्ले, सुनिल देबकाेटा, युवराज अंगाई लगायत देश विदेशमा रहेका तीन दर्जन व्यक्तिहरुकाे सहभागीता रहेकाे साे भर्चुअल मिटिङका अभियानमा साथ साथ रहनु भएका पर्यटन व्यवसायी राजन प्रसाद काप्रिले वताउनु भयाे ।
आयाेजकमा अनुसार आगामी असार १६ गते साँझ ६.३० वजे बृहत् भर्चुअल मिटिङ गरेर समुदाय प्रति चिन्ता व्यक्त गर्दै सकारात्मक परिवर्तनका लागि सहभागी वढाउने र ठाेस कार्यमा अगाडि वढिने निर्णय भएकाे छ ।









































