Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:५४:०८ राति
- ADVERTISEMENT -

चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितिन

प्रकाशित मिति: २०७७ असार १३, शनिबार

1081
Shares

अछाम, शनिबार, १३ असार २०७७ । हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी छन् ।

आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पुर्याएपछि चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोरोना पुष्टि भएको थियो ।

कोरोना भएपछिको दुई वटा परीक्षणमा सङ्क्रमण नदेखिएपछि सोही अस्पतालको सामान्य वार्डमा सारिएको बताइएको छ । “कोरोना खतम भयो भनेर नर्मल वार्डमा सारिसक्यो, आन्द्राको उपचार हुँदैछ ।” अस्पतालमै रहेका महिलाका पतिले भन्नुभयो । शल्यक्रियाको सफलतासँगै दोश्रो पटक कोरोना नभएको रिपोर्ट आएपछि परिवार खुसी भएको उहाँकाे भनाइ छ ।

कोरोना पुष्टि भएकै दिन कोहलपुर मेडिकल कलेज सिल गरेर जेठ २६ गते ती गर्भवती महिलाको शल्यक्रिया गरिएको थियो ।

भारतबाट आएर जेठ १६ गतेदेखि वडामा रहेको क्वारेन्टाइनमा पतिसँगै ती महिला क्वारेन्टाइनमा बस्दैआएकी थिइन् । क्वारेन्टाइनमै रहेको बेलामा पेटमा समस्या आएपछि आठ महिनाकी गर्भवती बयालपाटा अस्पताल ल्याइएको थियो । बयलपाटा अस्पतालका चिकित्सकले पेटमा रहेको आन्द्रा थुनिएको भन्दै थप उपचारका लागि सुविधायुक्त अस्पतालमा रिफर गरेका थिए ।

गर्भवती महिलालाई सरकारद्वारा परिचालन गरिएको हेलिकप्टरबाट निःशुल्क नेपालगञ्ज पुर्याइएको थियो ।

बन्दाबन्दी (लकडाउन) को अवधिमा हालसम्म अछाममा चार जना महिला तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको छ । यसअघि तुर्माखाँद गाउँपालिकाबाट दुई र चौरपाटी र रामारोशन गाउँपालिकाका एक/एक महिलाको हवाई उद्धार गरिएको थियाे । हेलिकप्टरबाट उद्धार गरिएकी रामारोशन गाउँपालिकाकी सुत्केरीको भने कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
अछाममा कोरोना सङ्क्रमण पुष्टि भएका हालसम्म १३ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

हालसम्म ११४ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा सङ्कलन गरिएका एक हजार ३६१ जनाको स्वाबका नमूना परीक्षण हुन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -