Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:१५ बिहान
- ADVERTISEMENT -

शल्यक्रिया गरिएका दुई महिलाले जिते कोरोना

प्रकाशित मिति: २०७७ असार १३, शनिबार

630
Shares

बाँके, शनिबार १३ असार २०७७ । कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएका दुई जना महिलासहित तीन जनाले कोरोनालाई जितेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजमा सफल शल्यक्रियापछि आइसोलेसनमा उपचार गराइरहेका दुई जना महिला र शल्यक्रियाका लागि भर्ना गरिए पनि बिना शल्यक्रिया नै ठिक भएका एक वृद्ध पुरुषले शुक्रवार कोरोना जितेका हुन ।

शल्यक्रिया गरिएका तीनै जनाको पीसीआर रिपोर्ट नगेटिभ आएपछि नर्मल वार्डमा सारेर उपचार भइरहेको नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेशकुमार कनौडियाले जानकारी दिनुभयो । सहनिर्देशक कनोडियाका अनुसार कोरोना सङ्क्रमित अछाम चौरपाटी गाउँपालिकाकी २५ वर्षीया १८ हप्ताकी गर्भवती महिला र कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया ३८ हप्ताकी सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको थियो ।

सोही प्रकारले रुकुम सानो भेरी नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कोरोना सङ्क्रमित जेष्ठ नागरिक पनि शल्यक्रियाका लागि भर्ना भए पनि बिना शल्यक्रिया नै उहाँको उपचार गर्नुका साथै कोरोना रिपोर्टसमेत नगेटिभ आएकाले नर्मल वार्डमा शिफ्ट गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म २ हजार ६ सय ९८ जनाले कोरोनालाई जितेका छन । शुक्रवारसम्म देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८६ पुरुष र १०७ महिला गरी कूल ५९३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा थप तीन जना पुरुषमा सङ्क्रमण पुष्टी भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार ७५५ पुगेको छ । तीमध्ये एक हजार २४९ महिला र १० हजार ५०४ पुरुष रहेका छन् । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अछाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रौतहट, सल्यान, नवलपरासीपूर्व, काठमाडौँ, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायत जिल्लामा गरी ५९३ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । अहिलेसम्म रसुवा बाहेक सबै जिल्लामा कोरोना भाइरस फैलिसकेको छ ।

यस्तै बितेका २४ घण्टामा आठ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका उहाँले बताउनुभयो । योसँगै कोरोना निको हुनेको सङ्ख्या दुई हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -