काठमाडौं, शुक्रबार , १२ असार २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अनुपस्थित भएका छन् । बिहान ११:४५ मा सुरु भएको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएका एक सचिवालय सदस्यले जानकारी दिए । उनका अनुसार आफूविरुद्ध सबैजना एक ठाउँमा उभिएको भन्दै असन्तुष्टि जनाएर ओली बैठकमा सहभागी नभएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारका विभिन्न काममा व्यस्त भएकाले अहिलेसम्म बैठकमा नगएको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री ज्यूका विभिन्न राजकीय काम भएकाले अहिलेसम्म नजानु भएको हो । जुनसुकै समयमा पनि बैठकमा जान सक्नुहुन्छ ।’
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बैठकको उद्घाटन सत्रमा आरोप प्रत्यारोप भएको थियो ।








































