- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आज शुक्रबार १० वटा अन्तर्राष्ट्रिय उडान हुने

June 26, 2020
689
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शुक्रबार, १२ असार २०७७। विभिन्न देशहरूबाट करीव एक दर्जन उडानमार्फत आज शुक्रबार नेपालीहरु स्वदेश फर्कंदैछन् । बहराइनबाट नेपाल एअरलाइन्सको दुई चार्टर्ड उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् भने मलेसियाको क्लालाम्पुरबाट त्यहाँ समस्यामा रहेका नेपालीहरु स्वदेश फर्कंदैछन् ।

मलेसिया र बहराइनबाट नेपाली लिएर आउने जहाजले कति सङ्ख्यामा नेपाली लिएर आउँछ भनेर खुलाइएको छैन । जहाजमा केही नेपालीको शवसमेत स्वदेश ल्याईंदैछ । यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कदै छन् । कुवेतको जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी झण्डै १५० जना नेपाली स्वदेश फर्कने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जनाकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

आज ६ ठाउँमा नेपाली लिन हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका जहाज जाँदैछन् । नेपाल एअरलाइन्स नेपाली लिन मलेसियाको क्लालाम्पुर, हङकङ, अस्टे«लियाको मेलबर्व, यूएईको दुबई र साउदीको रियाद जाँदैछ ।

यस्तै हिमालय एअरलाइन्सको चार्टर्ड जहाज नेपाली लिन साउदीको दमाम आज जानेछ भने भोलि बिहान नेपालीहरु लिएर काठमाण्डौ फर्कनेछ । श्री एअरलाइन्सको जहाज आज युंगुन जाँदैछ ।

- ADVERTISEMENT -

Advertisement

आज विदेशमा समस्यामा परेको नेपाली ल्याउन र लिन जानका लागि १० वटा अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com