- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘मन्त्रीहरु अहिले नै फोन ट्यापिङ हुन्छ भनेर डराउँछन्, ट्यापिङ गर्ने अधिकारबारे विचार गरौं’ : गगन थापा

June 23, 2020
862
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, ९ असार २०७७ । नेपाली कांग्रेसका सांसद गगन थापाले गुप्तचरका कर्मचारीलाई फोन ट्यापिङको अधिकार दिनु मौलिक हक विपरीत भएको बताएका छन् ।

राष्ट्रियसभाबाट पारित भएको नेपाल विशेष सेवा विधेयक २०७६ प्रतिनिधिसभामा पेश भएपछि छलफलमा भाग लिँदै सांसद थापाले कुनै पनि व्यक्ति, संघ संस्था, सार्वजनिक संस्थाको कुनै व्यक्तिलाई अनुगमन गर्न फोन ट्याप गर्न पाउने व्यवस्थाको दुरुपयोग हुने खतरा रहेको औंलाए ।

- ADVERTISEMENT -

Advertisement

अहिलेको अवस्थामा समेत सरकारका मन्त्रीहरु फोन रेकर्ड हुने डरले कुरा गर्न डराउने गरेको उल्लेख गर्दै उनले अदालतबाट स्वीकृति नलिई मुख्य अनुसन्धान अधिकृतले फोन ट्यापिङ गर्न मिल्ने व्यवस्थाको चरम दुरुपयोग हुने जिकिर गरे । अहिलेको परिस्थितिमा विशेष सेवा ऐनको आवश्यकता रहे पनि अहिलेको गुप्तचरी संरचनालाई फरक ढंगले परिचालन गर्ने अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

सांसद थापाले भारत अमेरिकालगायतका देशले देशभित्रका लागि एउटा र बाहिरका लागि अर्को गुप्तचर संरचना निर्माण गरेको उल्लेख गर्दै नेपालले किन निर्माण नगर्ने भनी प्रश्न गरे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com