Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४७:०६ बिहान
- ADVERTISEMENT -

आईओएम डिन नियुक्तिको विरोध गर्दै नेविसंघको ज्ञापनपत्र

प्रकाशित मिति: २०७७ असार ८, सोमबार

646
Shares

काठमाडौं, सोमबार, ८ असार २०७७ । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन नियुक्ति प्रक्रियामा अनियमितता भएको दाबी गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको छ ।

वरिष्ठता र विज्ञताको आधारमा डिन नियुक्त गर्नुपर्ने मापदण्डलाई कुल्चेर निजी संस्थाहरुलाई पृष्ठपोषण गर्ने नियतले कनिष्ठ प्राध्यापकलाई डिन नियुक्त गरिएको भन्दै नेविसंघले सोमबार उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको हो ।

नेविसंघले नियुक्ति तत्काल खारेज गरेर नीति, नियम, मापदण्डअनुसार वरिष्ठ विज्ञ प्रध्यापकलाई नियुक्त गर्नुपर्ने मागसहित प्रदर्शन गरेर उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको नेविसंघकी नेतृ एलिजा ढकालले बताइन् ।

सरकारको ठाडो निर्देशनमा विज्ञता र वरिष्ठताको आधारमा आइओएमको डिन नियुक्त गर्नुपर्ने डा. गोविन्द केसीसँगको सम्झौता ठाडो उल्लंघन गरेको प्रति विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन र डा. केसीसँगको सम्झौताअनुसार त्रिविको मापदण्डबमोजिम डिन नियुक्त गर्न माग गरिएको उनले बताइन् ।

आईओएमको डिन नियुक्ति गलत भएको भन्दै विरोध प्रदर्शनसहित त्रिवि उकुलपतिलाई ज्ञापनपत्र बुझाउन नेविसंघका निवर्तमान कोषाध्यक्ष शिव रिमाल, निवर्तमान केन्द्रीय सदस्यहरु सुशील तिमल्सेना, पुनम लामा, एलिजा ढकाल, प्रेमिका रानामगर, त्रिवि नेविसंघ अध्यक्ष श्यामचन्द्र अधिकारी, कर्णाली प्रदेश–काठमाडौं सम्पर्क समितिका अध्यक्ष धर्म शाही, पश्चिम रुकुम जिल्ला अध्यक्ष सुमन बुढामगर, नेविसंघ त्रिविका उपाध्यक्ष सञ्जय चौधरी, नेविसंघ नेतृ सरिता मगर, पोखरा विश्वविद्यालयका नेता अनुप केसी लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -