- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पूर्वमन्त्री शङ्कर भण्डारीद्वारा स्वास्थ्य सामग्री सहयोग

June 21, 2020
638
Shares
- ADVERTISEMENT -

दमौली, आइतबार, ७ असार २०७७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले गृहजिल्ला तनहुँमा आइतबार स्वास्थ्य सामग्री पठाएका छन् । कोरोनाका सङ्क्रमित थपिनेक्रम जारी रहेपछि पूर्वमन्त्री भण्डारीले आइतबार विभिन्न स्वास्थ्य सामग्री पठाएका हुन् ।

उनले एक हजार ८ सय थान मास्क, ६ सय थान पञ्जा, १० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र १० लिटर स्यानिटाइजर जिल्ला पठाएको नेपाली काँग्रेस व्यास नगर समितिका सहसचिव डम्बरबहादुर अधिकारीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समयमा क्वारेन्टिनमा स्वास्थ्य सामग्रीको अभाव हुँदै गइरहेको र कोभिड–१९ को नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाएको पूर्वमन्त्री भण्डारीले बताए । यसअघि उनले जिल्लाका १० वटै स्थानीय तहमा करिब रु तीन लाख बराबरको स्वास्थ्य सामग्री र रु एक लाख नगद उपलब्ध गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com