- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सामाजिक दुरी कायम गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न

June 20, 2020
672
Shares
- ADVERTISEMENT -

ललितपुर, शनिबार, ६ असार २०७७ । ललितपुरको महालक्ष्मी नगरपालिकामा सामाजिक दुरी कायम गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र आदर्श मा बि इमाडोलमा, नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा न १,२,३ र ४ समन्वय समितिको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी बालकोट उप शाखा भक्तपुरको समन्वयमा उक्त बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले आजको जटिल परिस्थितिमा एकभएर अनेक उपाय सहित आजको बिपदमा जित्ने कोशीस गर्नुपर्ने र त्यसका लागि नेपाल तरुण दल सधैं जनताको साथमा रहेको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

सामाजिक दुरी कायम गर्दै ललितपुर महालक्ष्मी नगरपालिका भित्रका ७६ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो । नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा प्रदेश सभा उमेद्ववार पवन बिक्रम थापा, नेपाली नेपाली कांग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापति महेश खड्का, कांग्रेस महालक्ष्मी नगरपालिका सभापति दिवाकर सिल्वाल, नेपाल विद्यार्थीसँग ललितपुरका उपाध्यक्ष शुशिल खड्का, युबा नेता तथा समाज सेवी मंगलकुमार थापा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य शङ्कर सिंह लगायत दर्जनौ कांग्रेस सुभेच्छुकहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका रक्तदाताहरुले कोरोना संक्रमणको जोखिमको समयमा रगत अभाव नहोस् भन्ने उदेश्यले रक्तदान गरेको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com