- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

चुमनुब्री र धार्चे गाउँपालिकाका किसानलाई इटाली स्याउका बिरुवा

June 18, 2020
719
Shares
- ADVERTISEMENT -

गोरखा, बिहिबार, ४ असार २०७७ । चुमनुब्री र धार्चे गाउँपालिकाका किसानलाई इटालीबाट ल्याइएको उन्नत जातका स्याउका बिरुवा वितरण गरिएको छ ।

गण्डकी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यी २ गाउँपालिकाका किसानलाई ५ हजार ८ सय ७० बिरुवा वितरण गरेको हो । गत वर्ष नमुनाका रुपमा बिरुवा लगाएका किसान अब व्यवसायिक बन्न लागेका हुन् । यसका लागि उन्नत जातको बिरुवा वितरण गरेको कृषि ज्ञानकेन्द्र प्रमुख मनिता थापाले बताइन् । प्रदेशको मन्त्रालयले धार्चेमा १५ सय र चुमनुब्रीमा ४ हजार ३ सय ७० बिरुवा वितरण गरेको हो । कलमी गरेर रोप्न तयार भएको बिरुवा इटालीबाट ल्याइएको हो ।

- ADVERTISEMENT -

Advertisement

वितरण गरिएका बिरुवा गोल्डेन डेलिसियस, फुजी र गाला प्रजातिका हुन् । हावापानीका हिसाबले उत्तरी गोरखामा यी प्रजातिका लागि उपयुक्त रहेको उनले बताइन् । मन्त्रालयको ७० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराइएको हो ।

चुमनुव्री–३ र ४ को आमोस बहुउदेश्यीय कृषि फर्मका लागि ४ हजार ३ सय ७० बिरुवा दिइएको हो । धार्चे–५ को सिङला आधुनिक कृषि फर्म र वडा ३ को दिङला कृषि तथा पशुपक्षि फर्मका लागि जनही ७५० बिरुवा प्रदान गरिएको उनले बताइन् । इटालीदेखि माछाखोलासम्म ढुवानीगर्दा प्रति बिरुवा एक हजार एकसय ४० रुपैयाँ लागत लागेको छ । माछाखोलाबाट भने खच्चबाट लगिएको थियो । ‘अहिले वितरण भएको बिरुवा नमुनाको रुपमा गत वर्ष किसानले लगाएका थिए । एक वर्षमै उत्पादन दिएपछि माग बढेको छ,’ उनले भनिन् ‘यही भएर मन्त्रालयले बिरुवा वितरण गरेको हो ।’

- ADVERTISEMENT -

Advertisement

गतसाल लगाएको ८३ बिरुवाले फल दिन थालेपछि धार्चे–३ उहियाका कुमार घले उत्साहित छन् । ‘पाँच साथी मिलेर भाडाको जग्गामा स्याउ खेति थालेका छौँ,’ उनले भने, ‘पोहोर नमुनाको रुपमा रोपेको बिरुवामध्ये ८२ मा अहिले फल लागेको छ, स्याउ राम्रो हुने देखेकाले बिरुवा थपेका हौं ।’ २ हजारदेखि ३ हजार मिटर उचाइमा यी प्रजातिका स्याउ राम्रो थापाले बताइन् । एक रोपनीमा एक सय ५० वटा सम्म रोप्न सकिन्छ । यस वर्षको परीक्षण हेरेर अर्को वर्ष थप बिरुवा वितरण गर्ने ज्ञान केन्द्रले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com