- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस जनसम्पर्क समिति अमेरिकाबाट सरकारको ध्यानाकर्षण

June 18, 2020
668
Shares
- ADVERTISEMENT -

न्यूयोर्क, अमेरिका, बिहिबार, ४ असार २०७७। कोरोना महामारी विरुद्धको संघर्षमा सरकारको अकर्मण्यता, भ्रष्टाचार र गैरजिम्मेवार प्रवृत्तिविरुद्ध नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति, अमेरिकाले नेपाली महावाणिज्य दूतावास न्यूयोर्कमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको जेठ २६ गते बसेको बैठकको निर्णअनुसार नै समितिमार्फत बुधबार ज्ञापनपत्र बुझाइएको कांग्रेसका प्रमुख, केन्द्रीय प्रचार विभाग एवं केन्द्रीय सदस्य गौतम दाहालले बताउनुभयो ।

समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कोरोना महामारीविरुद्ध सरकारले प्रभावकारी काम नगरेको, कांग्रेसले सुरुवातका दिनदेखि नै कोरोना नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने कार्यहरूबारे कार्य योजना तय गर्न दिएको सुझाव कार्यान्वयन नगरेको, विज्ञहरूको सुझावलाई समेत बेवास्ता गरेको, सरकार यो महामारीबारे संवेदनशील बन्न नसकेको जस्ता विषय समेटिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न सरकारले प्रभावकारी पहल नगरेको, संकटमा परेका आफ्ना नागरिकलाई राज्य छ, राज्यले अभिभावकत्व ग्रहण गर्छ र संकटबाट पार लगाउँछ भन्ने विश्वास दिलाउन नसकेको जस्ता विषयहरू ज्ञापनपत्रमा उल्लेख छ ।

‘तपाईं र तपाईं नेतृत्वको सरकारको अभिव्यक्ति, कार्यशैली र कोरोना नियन्त्रणका लागि भइरहेको पहल हेर्दा लाग्छ, हामी जस्ता लाखौँ नेपाली सरकारको भरोसा गर्न सक्ने स्थितिमा छैनन् । तपाईंहरू यो महामारीलाई गम्भीरतापूर्वक लिइरहनु भएको छैन जसले विश्वलाई तहसनहस बनाइसकेको अवस्था छ । यो स्थितिलाई एकपटक गम्भीरतापूर्वक सोच्न पनि हामी तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं । विज्ञप्तिमा उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

फ्रान्सका १६ औं शताब्दीका राजा लुई चौधौंको जस्तो अधिनायकवाद र निरंकुश प्रवृत्तिको अभिव्यक्तिले लोकतन्त्रको मर्यादासमेत बिर्सेको आभास हुन्छ’ सभापति विष्टले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै कार्यवाहक महावाणिज्यदूत भट्टराईले विज्ञप्ति प्रधानमत्री कार्यालयमा पु¥याउने आश्वासन दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com