- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखामा ७८ जनाको कोरोना रिपोर्ट नेगेटिभ

June 17, 2020
813
Shares
- ADVERTISEMENT -

गोरखा, बुधबार, ३ असार २०७७ । गोरखाको पालुङटार र गोरखा अस्पतालका गरी जम्मा ७८ जनाको कोरोना नेगेटिभ आएको छ ।

गोरखा अस्पतालले संकलन गरी पठाएको २७ जनाको पिसिआरको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरी बुधबार पठाएको रिपोर्टमा गोरखा अस्पतालका २७ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

२७ जनामध्य गोरखा अस्पतालका स्टाफ २० जना र अन्य फिभर क्लिनिकमा संकलन गरिएका सात जना रहेका छन् । रिपोर्ट गत जेठ २६ र २७ गते संकलन गरी पठाइएको स्वाबको रहेको उहाँले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, पालुङटार नगरपालिकाबाट संकलन गरी पठाइएको ५१ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ । उनीहरुमध्य १० जना प्रहरी हुन् । संगै पठाइएको एकजना प्रहरीको भने अझै रिपोर्ट नआएको उहाँले बताउनुभयो ।

साथै, प्रहरी हिरासतमा कोरोना संक्रमण देखिएका किशोरको कन्ट्याक ट्रेसिङ गरिएको १९ जनामध्य १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चार जनाको रिपोर्ट आउन बाकी रहेको छ । सबैको स्वाव गत जेठ २६ र २७ संकलन गरी पठाएइको गिरीले जानकारी दिनुभयो ।

जीवनज्योति माविको क्वारेण्टाइनमा रहेका २७ जनाको स्वाब संकलन गरी पठाइएकोमध्य सातजनाको मात्र रिपोर्ट आएको छ । त्यस्तै धर्मावती आधारभूत विद्यालयका १८ जनाको स्वाब पठाइएकोमा १७ जनाको आइसकेको छ । डुम्रे आधारभूत विद्यालयका तीजनाको स्वाब पठाइएकोमा तीनैजनाको नेगेटिभ आएको छ भने शारदा माविका दुईजनाको पठाइएकोमा कसैको पनि नआएको गिरीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com