- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘दमन होइन युवा भावना सम्बोधन गर’ : कांग्रेस

June 13, 2020
520
Shares
- ADVERTISEMENT -

काठमाडौं, शनिबार, ३१ जेठ २०७७ । नेपाली कांग्रेसले प्रदर्शनलाई दमन नगरी सम्बोधन गर्न आग्रह गरेको छ । देशभर सरकारविरुद्ध प्रदर्शन भैरहेको सरकारले प्रदर्शन नियन्त्रण गर्न कडा नीति लिने भएपछि कांग्रेसले यस्तो बताएको हो ।

शनिबार एक विज्ञप्ती जारी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले देशभर भैरहेको प्रदशंनलाई कोरोनाविरुद्धको संघर्षमा केपि ओलि नेतृत्वको सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोशका रूपमा हेरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

‘प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घचाहटलाई ओली सरकारले समयमै बुझेको भए न त कोरोनाको संक्रमण यो रूपमा विस्तारित हुने थियो न त यसरी जनआक्रोश बढ्ने थियोे । सरकारको आग्रह स्वीकारेर जनताले लक डाउनको पालना गर्दै आएकै हो । तर कोरोना विरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसकेर परिस्थिति जटिल बन्दै गएपछि नागरिकमा निराशा, प्रश्न र आक्रोश जन्मनु स्वभाविक हो । अतः प्रदर्शनमा अभिब्यक्त जनभावनालाई सम्बोधन गर्न माग गर्दै कुनै पनि ढंगले बल प्रयोग गर्ने कार्य नगर्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ’ विज्ञप्तीमा भनिएको छ ।

युवाहरुको प्रदर्शनमा तिनै मुद्दा अघि सारिएका छन् जुन बिषयहरु लगातार ४ महिना देखि प्रतिपक्षले निरन्तर मौखिक देखि लिखित रूपमा उठाउंदै आएको छ र अन्य दल एवं संचार माध्यमहरुले निरन्तर दबाब दिंदै आएको शर्माले बताए ।

- ADVERTISEMENT -

Advertisement

साथै, नक्सा पारितपछि कुटनैतिक पहल तीव्र बनाउन आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको भू-भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची-३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट पारित हुन लाग्दैछ । नक्सा पारित हुनुसंगै भूमी फिर्ताको हाम्रो राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश हुनेछ । राष्ट्रियताको प्रश्नमा यो राष्ट्रिय एक्यवद्धता महत्वपूर्ण छ । नक्सा पारित पछि ती भू—भागमा नेपालको निर्वाध हक स्थापित गर्न उच्च स्तरीय कुटनैतिक पहलका लागि नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com