Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:२२:२८ बेलुका
- ADVERTISEMENT -

सरकारका गतिविधिबिरुद्ब असन्तुष्ट जनाउदै कॉंग्रेस नेता सडकमा

प्रकाशित मिति: २०७७ जेठ २९, बिहीबार

914
Shares

काठमाडौँ, बिहिबार, २९ जेठ २०७७ । सरकारका गतिविधिबिरुद्ब असन्तुष्ट जनाउदै कॉंग्रेस नेता सडकमा उत्रिएका छन् ।

काठमाडौं, चितवन, पोखरा, धरानलगायत अन्य सहरहरुमा पनि नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सरकारका गतिविधिविरूद्ध असतुष्ट जनाउँदै बिहीबार पनि युवाहरूले देशको विभिन्न सहरमा प्रदर्शनमा उत्रिएका छन् । सरकारका गतिविधिविरूद्ध प्रदर्शनमा उत्रिएकामध्ये काठमाडौंमा प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले यो नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन भएको बताए । उनले आफूले पार्टीको अनुमति बिना सरकारको काम प्रति असन्तुष्ट भएर प्रदर्शनमा आएको बताए ।

‘मैले राजनीतिक अनुमति लिएको छैन। सरकारको गतिविधि चित्त नबुझेपछि प्रशर्दशनमा आएको हो । अहिले नागरिकहरु भोकै छन् । अभावको जीवन जिउन बाध्य छन् । यतातिर सरकारको ध्यान गएकै छैन् । यसको लागि नै प्रदर्शनमा भएको हो ।’ सरकारका पछिल्ला गतिविधिबाट असन्तुष्ट युवाहरू समूह बनाएर स्वतःस्फूर्त रूपमा प्रदर्शनमा उत्रिएको उनले बताए। सरकाले हदपार गरेपछि नेपाली युवाहरु बाध्य भएर सडकमा उत्रिएको बताए ।

‘मेरो छोरोको समुहका युवाहरुले पनि जागरुकता देखाएका छन् । जसलाई कुनै चिन्ता छैन। तर यो सरकारको गतिविधि प्रति चित्त नबुझे पछि उसलाई जागरुकता आयो। युवापुस्तामा चिन्ता बढ्यो। अब जनताले खपेर बस्न सक्दैनन्’, उनले भने ।

उनले सरकारको गतिविधिको जनताको स्वास्थ्य र शिक्षामा वेवास्था गर्दै सत्ता टिकाउने काम मात्रै गरेको बताए । यस्तै गतिविधि सरकारले गर्दै जान्छ भने सरकार लामो समय टिकाइ राख्न आवश्यक नरहेको बताए ।

उनले सरकारको व्याङ्ग्य गर्दै भने खुसी नेपाली समृद्द नेपाल नारा दिएर चुनाव जिते। तर त्यो एकछेउनी पनि काम भएन । हामीलाई पनि यही सरकारले काम गरोस् भन्ने चाहाना थियो । आफ्नो नजिकमा मानिसहरुलाई मात्र्रै गरिहेको छ । जनताको हितको काम गरेन ।’ कोरोनाभाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनको ८१ औं दिनमा आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोध प्रदर्शन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -