- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मादी गाउँपालिकाको शिक्षा शाखामा कांग्रेसको तालाबन्दी

June 11, 2020
914
Shares
- ADVERTISEMENT -

याङ्जाकोट, बिहिबार, २९ जेठ २०७७ । नेपाली कांग्रेस मादी गाउँपालिका इकाईले गाउँपालिकाको शिक्षा शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

नेपाल सरकारको शिक्षा ऐन बिपरित गाउँपालिकाले मादी–३ स्थित सिताराम माबिमा आफु अनुकूल कार्यविधि बनाई गैरअभिभावकलाई बिद्यालय व्यवस्थापन समिति गठन गरेको, शिक्षा क्षेत्रमा योगदान नै नभएका व्यक्तिहरुलाई समितिमा नियुक्ति गरेको भन्दै तालाबन्दी गरेको नेपाली कांग्रेस मादी इकाईका सभापति देवीजंग गुरुङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिका प्रमुख बेद बहादुर गुरुङसँग छलफल गर्दा समेत व्यवास्था भएपछि तालाबन्दी गर्न बाध्य भएको सभापति गुरुङले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com