Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:३२ बिहान
- ADVERTISEMENT -

‘दश अर्ब कहाँ खर्च भयो ? पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाब ? सांसद गगन थापा

प्रकाशित मिति: २०७७ जेठ २७, मंगलबार

670
Shares

काठमाडौँ, मंगलबार, २७ जेठ २०७७ । नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको बताएको छ।

कोरोना रोकथाम र नियन्त्रणमा समय पर्याप्त हुँदाहुँदै सरकारले प्रभावकारी काम नगर्दा मृत्यु हुने र संक्रमित संख्या वृद्धि भइरहेको सांसद गगन थापाले बताए।

मंगलबारको संसद बैठकमा सांसद थापाले दश अर्ब कहाँ खर्च भयो? प्रधानमन्त्रीबाट जवाफ चाहिने बताए ।

‘दश अर्ब कहाँ खर्च भयो? हामीलाई जवाफ चाहिन्छ। पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाबकिताब देखाउनु पर्दैन? एकेक हिसाब चाहिन्छ,’ उनले भने, ‘सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’ सरकारले हालै कोरोना नियन्त्रण तथा रोकथाममा दश अर्ब खर्च भइसकेको बताएको थियो।

कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ भन्ने प्रश्न सांसद थापाले उठाएका छन्।

‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ?’ उनले प्रश्न गरे।

माघ २१ गतेदेखि कोरोनाबारे सरकारलाई सदनमार्फत् ध्यानाकर्षण गराए पनि तयारी नगर्दा संक्रमित र मृतक संख्या बढिरहेको उनले बताए।

‘धेरैले सरकारलाई सुझाव दिए। न हाम्रो, अदालतको, प्रेसको वा नागरिकको कसैको सुझाव सरकारले सुनेन,’ उनले भने, ‘नियन्त्रणमा रहँदारहँदै पनि कोरोनाको यो अवस्था? दोष कसको? पैसा नभएर, अदालतले वा कांग्रेसले छेक्यो? सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको। सरकारको अकर्मन्यताले रोकेको। असक्षमताले रोकेको हो।’ यो सरकारले कोरोना लडाइँबाट पार लगाउन नसक्ने उनले बताए।

‘अब सहयोग गर्छौं भनेर बस्दैनौं, उत्तर चाहिन्छ। दश अरब कहाँ खर्च भयो? हामीलाई एकएक हिसाव चाहिन्छ,’ उनले थपे।

क्वारेन्टाइन भद्रगोल भएको भन्दै उनले प्रश्न गरे, ‘यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो?’ सरकारले पछिल्लो समय परीक्षण दायरा साँघुरो बनाएकोमा थापाले आपत्ति प्रकट गरे। उनले व्यंग गर्दै भने, ‘अब टेष्ट गर्न बन्द गरिदिने कोरोना फ्रि देश भनिदिने।’

सांसद थापाले प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने पनि उल्लेख गरे। यी सबै प्रश्नका जवाफ उपप्रधानमन्त्रीले दिनुपर्ने त्यसमा चित्त नबुझे संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ।

‘अब बोलेर थपक्क बस्ने दिन गए,’ उनले भने, ‘एकेक कुराको हिसाब चाहिन्छ। सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -