Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:३२ बिहान
- ADVERTISEMENT -

लोक गायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान २०७७ बाट सम्मान

प्रकाशित मिति: २०७७ जेठ २७, मंगलबार

838
Shares

पोखरा, मंगलबार, २७ जेठ २०७७ । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोक गायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ प्रदान गरेको छ ।

बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर रु २५ हजारसहित सम्मान गरिएको क्लबका अध्यक्ष हीरा भट्टराईले जानकारी दिनुभयो । ‘अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ ।’ उहाँले भन्नुभयो । उहाँले क्लबको सातौँ सम्मान रहेको र हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका एक महिलालाई नगदसहित सम्मान गर्दै आएको जानकारी दिनुभयो । भट्टराईले सम्मानपत्र पढेर सुनाउनु भएको थियो ।

सम्मान कार्यक्रममा लायन्स क्लब अफ ३२५ बी–१ का गभर्नर इन्दु लम्सालले समय परिस्थिति अनुकूल नहुँदा पनि प्रविधिको प्रयोगमार्फत निरन्तरता दिएर सम्मान कार्यक्रम गर्नु सराहनीय भएको बताउनु भयो । शब्दद्वारा सम्मान व्यक्त गर्दै उहाँले लोक गायिका कोइरालाले नेपाली लोक संस्कृतिको विकासमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

पूर्वगभर्नर धनराज आचार्यले समाजका हरेक गतिविधिमा सक्रिय महिला क्लबले कोरोनाबीच पनि फरक ढङ्गले सम्मान कार्यक्रम गरी उदाहरणीय कार्य गरेको बताउनु भयो । सम्मानित लोकगायिका कोइरालाले कोरोनाबीचको सम्मान जीवनकालको विल्कुल फरक र अविस्मरणीय रहेको धारणा राख्नु भएको थियो । सम्मानले लोक संस्कृति विकासमा निरन्तर लाग्ने प्रेरणा मिलेको उहाँको भनाइ थियो ।

क्लबका ५५ सदस्य र आमन्त्रित व्यक्तित्वसहित भर्चुअल कार्यक्रममा को–चिफ एडभाइजर सुचित्रा थापा, लायन इन्दिरा बराल, शारदा पराजुली, साधना चालिसेलगायतले सम्मानित व्यक्तिलाई शुभकामना दिनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -