- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राज्य पक्षबाट रुकुम घटनाको पीडकलाई संरक्षण गर्ने प्रवृत्ति देखियो- प्रदीप पौडेल

June 9, 2020
636
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, २७ जेठ २०७७ । नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी संघले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए पनि समिति गठनमा ढिलाइ गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सोमबार काठमाडौंको माइतिघरमा गरेको विरोध सभामा नेविसंघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ गर्दा घटनालाई लुकाई पीडकलाई उन्मुक्ति दिने खतरा बढेको बताए । उनले राज्य पक्षबाट पीडकलाई संरक्षण गर्ने प्रवृत्ति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्याय दिनका लागि सदन र सडक दुवै ठाउँबाट दबाब दिनुपरेको बताए ।

पीडितलाई न्याय पाउने कुरामा मानवअधिकारकर्मी, राजनीतिक दल सबैले सदन र सडकबाट दबाब दिनुपर्ने पौडेलले बताए । विरोध प्रदर्शनमा नेबि सघ र नेपाल दलित विद्यार्थी संघ विद्यार्थी समेत सहभागीता रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com