- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पालुङटार नगरपालिका–४ कुमाल गाउँका एक पुरुषको शव फेला

June 9, 2020
1025
Shares
- ADVERTISEMENT -

गोरखा, मंगलबार, २७ जेठ २०७७ । गोरखाको पालुङटार नगरपालिका–४ कुमाल गाउँका एक पुरुषको शव फेला परेका छन् । यहीँ जेठ २३ गते बिहानदेखि बेपत्ता भएका ४७ बर्षिय बिनबहादुर कुमालको शव सोमबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बेपत्ता कुमालको शव पालुङटार नगरपालिका– ५ स्थित मस्याङ्दी नदीको किनारामा फेला परेको होे । बेपत्ता भएको सूचना पाए लगत्तै स्थानीयबासीहरुको सहयोगमा खोजी कार्य जारी रहेकोमा नदीको किनारामा पानीमा डुबी रहेको अबस्थामा शव भेटिएको प्रहरीको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

शवको गोरखा अस्पतालमा पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको छ । कुमालको कुमालेका मृत्युको कारण भन्ने खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com