Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:२२:०९ बिहान
- ADVERTISEMENT -

इभोलुसन डान्स क्रयु बेलायतद्वारा दृष्टिविहीन र सुत्केरीलाई राहत वितरण

प्रकाशित मिति: २०७७ जेठ २४, शनिबार

719
Shares

पोखरा, शनिबार, २४ जेठ २०७७ । इभोलुसन डान्स क्रयु बेलायतद्वारा पोखरा महानगरपालिका वडा नं. १, बगरमा बस्ने दृष्टिविहीन, गर्भवती र सुत्केरी तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

निश्चल गुरुङ नेतृत्वको सो नृत्य समूहले विभिन्न च्यारिटी कार्यक्रममार्फत् नृत्य प्रस्तुत गरी संकलन गरेको रकम नेपालमा सामाजिक कार्यमा खर्च गर्दै आएको छ । सोही अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका दृष्टिविहीन, अति विपन्न तथा गर्भवती र सुत्केरी गरी ४० जनालाई राहत वितरण गरिएको डान्स क्रयुका संयोजक निश्चल गुरुङका मामा लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

राहत अन्तर्गत साढे १२ किलो चामल, दाल, तेल, मसला, नुन र चाउचाउ वितरण गरिएको थियो । सोही अवसरमा निश्चलका हजुरबुबा समाजसेवी चम्फासिंह गुरुङ, हजुरआमा कन्याकुमारी गुरुङ, मामा लक्ष्मण गुरुङ, माइजू चन्दा गुरुङ, दीप आमा समूहकी अध्यक्ष विष्णु गुरुङ, समाजसेवी कल्पना बाँस्तोलालगायतले राहत वितरण गर्नुभएको थियो ।

बेलायतमा बस्दै आएका आफ्नो नाति निश्चल गुरुङले सानै उमेरमा सामाजिक कार्यमा लागिपरेकोमा आफूलाई खुशी लागेको उनका हजुरबुबा चम्फासिंह गुरुङले बताउनुभयो । निश्चलले कोरोना भाइरस संक्रमणका कारण विश्व नै रोइरहेका बेलामा नेपालमा समस्यामा परेका दाजुभाइ तथा दिदीबहिनीलाई थोरै भएपनि सहयोग गर्न पाउँदा आत्म सन्तुष्टि मिलेकोमा खुशी ब्यक्त गर्नुभयो ।

आफूले यसअघि, इन्द्रेणी कार्यक्रममार्फत् एक जना बिरामीलाई शल्यक्रियाका लागि १ लाख रुपैयाँ सहयोग गरेको र बगरको विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्युतीय पुस्तकालयको स्थापना समेत गरिदिएको बताउनु भयो ।

आगामी दिनमा पनि समस्यामा परेका दिनदुःखीका लागि निरन्तर सहयोग गरिरहने उहाँले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -