- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जनता कोरोना महामारीमा रहेका बेला सरकार कार्पेट व्यवस्थापनमा : सांसद मीनेन्द्र रिजाल

June 6, 2020
1337
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २४ जेठ २०७७ । नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले जनता कोरोना महामारीमा रहेका बेला सरकार कार्पेट व्यवस्थापनमा जुटेको बताउनु भएको छ ।

विदेशमा रहेका नेपाली स्वदेश कसरी पुग्ने र स्वदेशका नेपाली कोरोनाबाट कसरी उम्कने भनिरहेका बेला सरकार कसरी कार्पेट व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको रिजालको भनाइ छ । आज शनिबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद रिजालले सरकारमा बसेकाहरूले जनताको दु:ख नदेखेको बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

‘नेपालीहरू कसरी कोरोनाबाट उम्कने भन्नेमा छन् । सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त छन्,’ सांसद मीनेन्द्र रिजालले भन्नुभयो ।

राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट व्यवस्थापन गर्न लागिएको खबरहरूप्रति लक्षित गर्दै सांसद रिजालले उक्त कुरा बताउनु भएको हो । सत्तारूढ दलका नेताहरू सत्ता सम्भावनाको खेलमा रमाएको उहाँले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

‘सत्तारूढ दलका अरू मानिसहरू सत्ता सम्भावनाको बासुरी कुन धुनमा बजायो भने राम्ररी बज्छ भनिरहेका छन्,’ भन्नुभयो । जनताको दु:खमा नुन नछर्किन पनि आग्रह गर्नुभयो । ‘जनताको दु:खमा नुन नछर्किनुस् । राष्ट्रिय अठोट आवश्यक छ । यो संकटबाट तपाईंहरूले पार लगाउनु हुन्न, मिलेर काम गरौं,’ रिजालले भन्नुभयो ।

सांसद रिजालले अर्थ मन्त्रालयको चालु खर्च २५ अर्बबाट घटाएर ८ अर्बमा राख्न माग राख्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com