काठमाडौँ, २३ जेठ २०७७ । डिजिटल बजारमा इतिहास लेखाउन सफल सर्जक केशव पौडेलको लोक दोहोरी गीत “पुतली बजार” सार्बजनिक गरिएको छ । हो, डिजिटल बजारमा इतिहास लेखाउन सफल सर्जक केशव पौडेल को निरन्तर यात्रा अचम्म लाग्न सक्छ तर अनौठो मान्नु पर्दैन ।तपाईले पनि त्यो गित सुनिसक्नुभयो ।
उही खोलीको पानी, उही खोलीको माछा नाम को गित लेख्ने सर्जक हुन केशब पौडेल । नेपाल घर नवलपुर जिल्ला काउसोदी बासी हाल जापानमा काम गर्दै आएका केशब पौडेलले लेखेको उक्त गितले लोक गीतको इतिहासमा नै नौलो रेकर्ड राख्न सफल भएको थियो । जुन गितमा चर्चित गायक तथा संगीतकार बसन्त थापा, गायक राजन गुरुङ्, गायिका देबी घर्तिको अबाजबाट गितको टिमले करोड भन्दा बढी दर्शक स्रोता कमाउन सफल भएको थियो । हो, हामीले यही करोडको श्रोताको कुरा गर्दै छौ । र केहि समय पहिले बजारमा आएको लोक दोहोरी गित गुन्द्रुक मिठो साग को ले नि निकै चर्चा कमायो ।
करोड दर्शकको माया पाएका केसब पौडेलको शब्दमा लोक दोहोरी गित “पुतली बजार’ सार्बजनिक गरिएको छ। चर्चित संगीतकार शिव हमालको संगीत संयोजनमा बिक्रम परियार र देबी घर्तीको सुमधुर आवाज सुन्न पाईन्छ। उक्त गीतको भिडियोमा अभिनय दुर्गेश थापा, रबिना भण्डारीको रहेकोे छ । संगित क्षेत्रको यात्रा अझै अगाडी बढोस् । करोड श्रोताको माया प्राप्त होस् । केशब पौडेललाई हाम्रो शुभ कामना |








































