- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कर बुझाउने सूचना जारी गर्नू गैर जिम्मेवारीपनको पराकाष्ठ

June 3, 2020
1017
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २१ जेठ २०७७। नेपाली कांग्रेसले लकडाउनका बेला सरकारले करको ताकेता गरी जनतामा पीडामाथि पीडा थप्ने काम गरेको बताएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका बेला कर बुझाउने सूचना जारी गर्नू गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताउनु भएको छ । आज बुधबार विज्ञप्ति निकालेर खाँणले कोरोना महामारीको विषम र असहज परिस्थितिमा सरकारले आमनागरिकमा पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएको खाँणले उल्लेख गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘लकडाउनले व्यापार, व्यवसाय, यातायात क्षेत्रलगायत ठप्प छ । यस्तो विषम परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो,’ खाँणले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले श्रमिक वर्ग, किसान र बन्द भएका सानादेखि ठूला उद्योगधन्दालाई विशेष राहत प्याकेज दिनुपर्नेमा त्यसको विपरीत करका लागि ताकेता गर्नु सरकार जनताप्रति उदासिन रहेको ष्रष्ट भएको खाँणको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com