Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:०९:०० बिहान
- ADVERTISEMENT -

लकडाउनको कारण बालबालिकामा देखिएको शारीरिक तथा मानसिक समस्या रोक्न स्थानीय तह प्रतिबद्ध

प्रकाशित मिति: २०७७ जेठ २१, बुधबार

827
Shares

काठमाडौँ, बुधबार, २१ जेठ २०७७ । कोरोना भाइरसको महामारीबाट आज विश्व आक्रान्त बनेको बेला नेपाल पनि अछुतो रहेन । सम्पुर्ण तहका सरकारहरुको साझा चासोको विषयमा कोरोना नियन्त्रण तथा रोकथाम रहनुको साथै केन्द्रिय, प्रादेशिक र स्थानिय सरकारहरुका नियमित काम कारवाहीहरुले गति लिई रहेका छन् ।

स्थानिय सरकारहरु आ–आफ्नो गाउँपालिका तथा नगरपालिकाहरुमा योजना निर्माणको चरणमा रहेका छन् भने अर्काेतर्फ कोरोनाको प्रतिकार्यको काम चलिरहेको बखतमा बालबालिकाका संरक्षण सम्बन्धी बिभिन्न घटनाक्रमहरु बढ्दो रुपमा रहेका छन् ।

वल्र्ड भिजनले प्रदेश २ र ५ का ६ जिल्लामा हालै ७६१ सहभागीसँग गरेको एक मूल्यांकन (¥यापिड एसेसमेन्ट) अनुसार बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहार आठ प्रतिशतले बृद्धि भएको छ भने ६० प्रतिशत परिवारले आफ्ना पाँच वर्ष मुनिका बालबालिकाको दैनिक आहार जुटाउन समस्या भएको बताएका छन् ।

यहि सन्दर्भमा गाउँपालिका राष्ट्रिय महासंघ र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा बालबालिकाको संरक्षण र सहभागिता विषयक अनलाईन छलफल कार्यक्रम जेष्ठ १४, १६ र १९ गते गरि विभिन्न तीन चरणमा सम्पन्न भएको छ । प्रदेश १, २, ३, ४ र ७ गरी जम्मा २८ स्थानिय सरकारका प्रतिनिधी सहभागी भएको उक्त कार्यक्रमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय प्रमुखकोे सहभागिता रहेको थियो ।

बालश्रम, बालविवाह, लागुऔषध दुव्र्यसनी र बेचबिखनको जोखिम बढ्न सक्ने भन्दै समयमै यसतर्फ सबैले जोड दिदै स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका लक्षित कार्यक्रम र बालसहभागिता आवश्यक रहेको कुरा कार्यक्रममा छलफलको मुख्य विषय रहेको थियो ।

उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँ तथा नगरपालिकाका प्रमुखहरुले कार्यक्रम समय सापेक्ष र उचित समयमा आयोजना भएको र बजेट बिनियोजन एवं योजना तर्जुमाको चरणमा रहेको बेला बालबालिका केन्द्रित छलफल हुनुले बालबालिकाको संरक्षण तथा अधिकार सुनिश्चित गर्न स्थानिय तहलाई थप संवेदनशिल बन्न झक्झकाएको बताउनुभयो । हाल लकडाउनको कारण बालबालिकामा देखिएका समस्याहरुलाई समाधान गर्न स्थानियतह लागि परेको र सहभागीहरुले आफ्नो गाउँपालिकामा आगामि योजना तथा बजेट बालबालिका केन्द्रित हुने कुराको प्रतिबद्धता जनाउनु भयो ।

बन्दाबन्दीका बेला बालबालिकामा हुनसक्ने मानसिक तथा शारिरिक दुव्र्यवहार र त्यसले बालबालिकामा पर्ने असरको बारेमा पनि छलफल गरिएको थियो । साथै, सडक बालबालिका, स्याहारकर्ता बिना हुर्किरहेका बालबालिका, बाल गृहमा रहेका बालबालिकाहरुमा बन्दाबन्दीले परेको असर र चुनौतिका बारेमा आफ्नो धारणा राख्दै वल्र्ड भिजनका बाल संरक्षण व्यवस्थापक दिलिप गिरीले स्थानिय तहबाटै बाल संरक्षण तथा न्यायिक पद्दतिलाई बलियो बनाउँदै लैजानुपर्ने कुरा प्रष्ट पार्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -