- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पालुङटार नगरपालिका ७ च्याङ्लीका एकै परिबारका पाँच जनाको पिसिआर रिपोर्ट नेगेटिभ

June 1, 2020
998
Shares
- ADVERTISEMENT -

गोरखा, १९ जेठ २०७७ । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका एकै परिबारका पाँच जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

गत शनिबार संकलन गरिएको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिनुभयो । इलामबाट आएकी एक महिलाको आरडिटी पोजेटिभ र शंकास्पद लक्षण देखिएपछि उनी लगायत परिबारका पाँच जनाको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएकोमा सोमबार रिपोर्ट नेगेटिभ आएको हो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, भारतबाट आई आरुघाटको भीमोदय माविको क्वारेण्टाइनमा बसेका ३४ जनाको पिसिआर सोमबार संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको छ । स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।

सो क्वारेण्टाइनमा भारतबाट आएका आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाका बासिन्दा रहेका छन् । सो क्वारेण्टाइनमा सोमबार पनि थप १० जना भारतबाट आई बसेका छन् ।

- ADVERTISEMENT -

Advertisement

गण्डकी गाउँपालिकाको रत्नेश्वर मावि क्वारेण्टाइनमा रहेका एक जनामा ज्वारो आएपछि गाउँपालिकाको स्वास्थ्य टोली सोमबार थप जानकारीका लागि त्यसतर्फ गएको स्वास्थ्य शाखा प्रमुख बेलीमाया श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com