काठमाडौं, १८ जेठ २०७७ । नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । ८० वर्षको उमेरमा उहाँको आज बिहान ११ वजे आफ्नै निवासमा निधन भएको हो ।
ठकुरी ललितपुरको कुसुन्तीमा छोरी ज्वाँईसँगै बस्दै आउनु भएको थियो । उहाँ लामो समयदेखि प्यारालाइसिस, ब्लड प्रेसर, सुगर जस्ता रोगबाट पीडित थिए । जस्का कारण उहाँ फिल्मक्षेत्र बाट टाढा समेत हुनु परेको थियो ।
फिल्म जीवन रेखाबाट अभिनय सुरुवात गरेका वरिष्ठकलाकार ठकुरीले विश्वास’, ‘भाग्यरेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा उनले चरित्र अभिनेताको भूमिका निर्वाह गर्नु भएको थियो ।
ठकुरीले थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गर्नु भएको थियो । ठकुरीको आजै पशुपति आर्यघाटको विद्युतीय शव गृहमा दाहसँस्कार गरिएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिनु भएको छ ।









































