- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मध्यरातमा मोहमद आलमको घरमा भएको तोडफोड प्रति कांग्रेसको घोर भर्त्सना, छानविनको माग

May 31, 2020
588
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १८ जेठ २०७७ । नेपाली कांग्रेसले जेठ ९ गते पूर्वमन्त्री मोहमद अफ्ताब आलमको रौतहटस्थित निवासमा मध्यरातमा ५० भन्दा बढी व्यक्तिहरू हातहतियारसहित गई तोडफोड गरी आंतक सृजना गरेको कार्यप्रति घोर भर्त्सना गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त घटनाको तत्काल छानविन गरी दोषी उपर कारवाहीको सरकार तथा सम्बन्धित निकाय सँग माग समेत गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूले एम्बुलेन्स समेत लिएर गएको भन्दै हिंसाको योजनासहित गएको हुनुपर्ने ठहर समेत गरेको छ ।

‘घटनामा संलग्न व्यक्तिहरु को थिए ? प्रहरी स्वयं सादा पोशाकमा थिए वा डाका गुण्डाहरु थिए भन्ने हालसम्म प्रहरी प्रशासनले बताउन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ ‘प्रहरी प्रशासनका साथै स्थानीय सरकारले समेत गैरजिम्मेवारपूर्ण तरिकाले अनविज्ञता जनाइरहेको छ ।’

- ADVERTISEMENT -

Advertisement

सो घटनाले स्वतन्त्रपूर्वक बाँच्न पाउने नागरिकको हकलाई समेत हनन गरेको र कानूनको ठाडो उल्लंघन गरेको कांग्रेसले ठहर गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com