काठमाडौँ, १७ जेठ २०७७ । निको फाउन्डेसनद्वारा चौथो चरणमाको राहत वितरण सम्पन्न गरेको छ । “आफू बाचौं र अरुलाई पनि बचाऔं” भन्ने मूल नाराका साथ स्थापना भएको संस्था निको फाउन्डेसनले निरन्तर रुपमा सामाजिक कार्य गर्दै आइरहेको छ ।

बिश्वब्यापी माहामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९) को आजको जटिल परिस्थितिमा सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका परिवारलाई निको फाउन्डेसनले खाधान्न वितरण गरेको हो ।

गोरखा अमेरिका सम्पर्क समितिका सभापति अमेरिकामा बस्दै आउनु भएका निको फाउन्डेसनका संस्थापक विश्व भट्ट, फाउन्डेसनका निर्देशक रमेश भट्ट र फाउन्डेसनकी प्रवन्धक सम्झना गुरुङको नेतृत्वमा चौथो चरणमाको राहत वितरण कार्यक्रम अन्तर्गत १ सय ३० परिवारलाई खाधान्न राहत वितरण गरिएको थियो । म्हेपी सुकुम्बासी बस्तीका १५ घर, घुम्बाराहीमा १० घर, मनमैजु, लोलाङका २० घर परिवार राहत वितरण गरिएको फाउन्डेसन निर्देशक रमेश भट्टले बताउनु भयो ।

त्यसैगरी, तार्केस्वर नगरपालिका वडा न ३ का वडा अध्यक्ष मनहरी तिवारीको सहकार्यमा वडाका जनप्रतिनिधिको सहयोगमा निको फाउन्डेसनले ७० घर-परिवारलाई जितपुर फेदिमा राहत वितरण गरेको छ । राहतमा बितरणमा २५ केजी चामल, १ पोका मस्यौरा, १ पोका नुन, १ केजी गेडागुडी, २ केजी दाल र १ लिटर तेल वितरण गरिएको फाउन्डेसनकी प्रवन्धक सम्झना गुरुङले बताउनु भयो ।

समाजसेवी धर्मराज अर्याल, निको फाउन्डेसनका भाइबहिनीहरु आश, रतन, शर्मिला, सिमाना बिवसले सहयोग गर्नु भएको थियो ।










































