- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आज कांग्रेसको कार्यसमिति बैठक बस्दै, संविधान संशोधनबारे निर्णय हुने

May 30, 2020
597
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ जेठ २०७७ । संविधान संशोधनका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज (शनिबार) कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासम्बन्धी संविधान संशोधनका विषयमा छलफल र निर्णय हुने शर्माले बताउनु भयो । कांग्रेसले संविधान संशोधनमा आधिकारिक धारणा सार्वजनिक गर्न कार्यसमितिको बैठक बोलाएको हो ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेसले संविधान संशोधनलाई सहयोग गर्ने सकारात्मक सन्देश यसअघि दिइसकेको छ ।

दुई दिन अगाडि प्रवक्ता शर्माले पत्रकार सम्मेलन गरेर सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढायो भने सरकार राष्ट्रियताको विषयमा पछाडि नहट्ने साथ दिने बताएका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com