गोरखा, १७ जेठ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ४ चौतारा (धावा) मा हाल १५ जना क्वारेन्टिनमा रहनु भएको छ ।
सुरुमा एक जना क्वारेन्टिनमा रहनु भएको थियो र हिजो राती १२ बजे १४ जना भारतबाट आउनु भएका ब्यक्तिलाई समेत क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा रहनु भएका सबैजना भारतबाट आउनु भएको धावा स्वास्थ्य प्रमुख गुणराज लामिछानेले जानकारी दिनुभयो ।
तर, हाल क्वारेन्टिनमा रहनु भएका सबै भारतबाट आउनु भएको हुनाले आरडिटी र पिसिआर दुवै परिक्षण गरिने उहाँले बताउनु भयो । साथै, आज थप एक जना भारतबाट आउँन लाग्नु भएको उहाँले बताउनु भयो ।
बिश्वब्यापी माहामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको आजको जटिल परिस्थितिको सामना गर्न गाउँपालिका भित्र नै संक्रमणको जोखिम फैलन सक्ने खतरालाई ध्यान दिइ सबै सचेत भई सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी रहेको छ ।
भिमसेन थापा गाउँपालिका वडा न ४ चौतारा (धावा) का लागि क्वारेन्टिन प्रभात मा बि मा बनाइएको छ ।









































