Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
२:३८:५३ राति
- ADVERTISEMENT -

भीमसेन ८ बोर्लाङ बोर्लाङबाट काठ तस्करी : ५ जना पक्राउ

प्रकाशित मिति: २०७७ जेठ १६, शुक्रबार

1525
Shares

गोरखा, ६ जेठ २०७७ ।गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ स्थित अमला भन्ज्याङबाट अबैध काठ सहित ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि भन्दै सदरमुकाम तर्फ लैजादै गरिएको अबैध काठ सहित संलग्न व्यक्तिलाई डिभिजन बन कार्यालय गोरखाले नियन्त्रणमा लिइएको हो ।

इजाजत बिना नै काठ लैजादै गरेको थाहा पाएपछि स्थानीयबासीले अमलाभन्ज्याङ स्थित प्रहरी चौकीलाई जानकारी गराएका थिए । स्थानीयबासी र प्रहरीले काठ बोकेको ट्रयाक्टर सहित उनिहरुलाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयलाई बुझाएको हो । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–८ का सवारी धनी सरोज श्रेष्ठ, सोही ठाउँका सवारी चालक रमेश कुमाल, सहचालक नवराज परियार र दीपेन्द्र कुमाल रहेको कार्यालयका प्रमुख डिभिजन बन अधिकृत तोयानाथ पौड्यालले जानकारी दिनुभयो ।

प्रहरी कार्यालयको भवन निर्माणका लागि काठ ल्याइएको खुल्न आएपछि भवन निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सन प्रालिका हरि विष्टलाई पनि पक्राउ गरिएको पौड्यालले उहाँले जानकारी दिनुभयो । ‘चार जनालाई त्यही दिन पक्राउ गरेर ल्यायौ,’ उहाँले भन्नुभयो ‘अनुसन्धान गर्दै जाँदा प्रहरीको भवन निर्माणका लागि काठ ल्याएको भन्ने खुलेपछि विष्टलाई हिजो पक्राउ गरेर अनुसन्धान थालेका हौं ।

’ कैलालीको धनगढी उपमहानगरपालिका–८ बस्दै आएका विष्टले अनुसन्धानको क्रममा प्रहरीको भवन निर्माणका लागि काठ ल्याएको स्वीकार गरेको बताइएको छ । उक्त काठ भीमसेनथापा गाउँपालिका–८ महादेवटारबाट ल्याइएको बताइएको छ । यस अघि पनि सो क्षेत्रबाट अबैध रुपमा काठ तस्करी हुने गरेको स्थानीयबासीहरुले गुनासो गर्दै आएका थिए ।

अवैध काठ ओसारपसार गरिरहेको सूचना स्थानीय समुदायबाट प्राप्त भएपछि कार्यालयको कर्मचारी टोली सो ठाउँमा पुगेर काठ नियन्त्रणमा लिएको हो । प्रहरीको भवन निर्माणका लागि भन्दै यस अघि पनि पटक पटक अवैध रुपमा काठ लाने गरेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत बालकुमार नेपालीले जानकारी दिनुभयो ।

ग १ त ३८७३ र ग १ त ६२२८ नम्बरको दुई वटा ट्याक्टरमा राखेर लैजादै गरेको सालको ९ थान (३.७५ क्यू फिट) र बरको ३२७ थान (८८.८८ क्यू फिट) चिरान काठ नियन्त्रणमा लिइएको डिभिजन लिइएको उहाँले बताउनुभयो । नियन्त्रणमा लिइएकाहरुमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -