- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

संविधान संशोधन विधेयक आज संसदमा पेस हुँदै

May 27, 2020
666
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ जेठ २०७७ । नेपालको नक्सामा निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।संसद बैठक दिउँसो २ बजे बस्दै छ ।

आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । सदनले अनुमति दिएपछि उनले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ु पेस गर्नेछिन् ।

- ADVERTISEMENT -

Advertisement

मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार गत शुक्रबार संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन् । संविधान संशोधन विधेयकबारे सबै दलबीच सहमति जुटाउनका लागि प्रधानमन्त्रीको आब्हानमा मंगलबार सर्वदलीय बैठक सम्पन्न भएको छ।

संविधान संशोधन हुन लागेको अहिलेको अवस्थामा मधेशवादी दलहरूले पनि आफूहरूको मागलाइ समेटेर संशोधन होस् भन्ने चाहना व्यक्त गरेका छन् ।उक्त विधेयक संसदबाट सर्वसम्मत पास गराउनका लागि सभामुख अग्नी सापकोटाले समेत भूमिका खेल्ने बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com