- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भिमसेन ४ धावामा स्वयम् सेवक टिम परिचालन

May 25, 2020
1583
Shares
- ADVERTISEMENT -

गोरखा, १२ जेठ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिकामा स्वयम् सेवक टिम परिचालन गरिएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको आजको जटिल परिस्थितिमा देश नै पुरै लकडाउन भएको अवस्थामा गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ धावामा कोरोना भाइरसबाट आफू पनि बाच्ने र अरुलाई पनि बचाउने उदेश्यका साथ पालिका अन्तर्गतका वडा भित्र प्रबेश गर्ने वडा भन्दा बाहिरका ब्यक्ति तथा अनुमति पत्र नभएका सवारी साधनलाई प्रबेश गर्न बाट रोक लगाउन सहजिकरणका लागि ४ न वडाभित्र स्वयम् सेवक टिम परिचालन गरिएको वडा अध्यक्ष मदन कुमार शाक्यले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

वडा भित्र स्वयंम सेवक टिम परिचालन गरिएको र उहाँहरुले बच्न र बचाउन महत्वपुर्ण कार्य कडाइका साथ लागु गरी पालना गर्ने र गराउने बताउनु भयो ।

स्वयम् सेवकले गर्ने कार्यहरु अन्तर्गत भिमसेन थापा गाउँपालिका वडाभन्दा बाहिरका कुनै पनि ब्यक्तिलाई आवत-जावतमा रोक लागाउने । सम्बन्धित निकायबाट अनुमति पत्र पास बाहेकका अन्य कामका सवारी साधनलाई कडाइका साथ चेकजाचँ गरी निषेध गर्ने । बिरामी, घाइते, अशक्त, अपाङ्गता भएका ब्यक्तिलाई सक्दो सहयोग गर्ने । वडा भित्रका कुनै पनि ब्यक्ति विदेश तथा अन्य ठाउँबाट आउनु भएको खण्डमा गाउँपालिकाले तोकिदिएको क्वारिन्टीनमा राख्न भरपुर सहयोग गर्ने । आफ्नो समुदायलाई कोरोना भाइरस संक्रमण सम्बन्धी विभिन्न चेतनामुलक जानकारी दिने साथै क्वारिन्टीनमा राख्नुपर्ने व्यक्तिलाई वडा कार्यालयसंग समन्वय गरी क्वारिन्टीनमा राख्ने व्यवस्था गर्ने । खादान्ना लगायतका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्नका लागि सबै ब्यापारीलाई अनुरोध गरी बिहान मात्र पसल खोल्ने अनुमति दिने । समाजमा बिकृति फैलाउने कार्यलाई कडाइ गर्ने र समाजमा जबरजस्ती प्रबेश गर्न खोजेमा तुरुन्त वडा कार्यालयलाई खबर गरी समन्वय गरी आवश्यकता अनुसार कारबाही गर्ने उक्त जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com