Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४८:३९ बिहान
- ADVERTISEMENT -

लकडाउनमा ४ सय ४३ कैदीबन्दी रिहा, २५ हजार कोरोनाबाट सुरक्षित

प्रकाशित मिति: २०७७ जेठ १२, सोमबार

711
Shares

काठमाडौँ, १२ जेठ २०७७ । काठमाडौँमा रहेका तीन र देशभरिका ७६ जिल्लामा रहेका ७४ कारागारबाट लकडाउनको समयमा ४४३ जना कैदीबन्दीलाई रिहा गरिएको छ ।

सर्वाेच्च अदालतले चैत्र ६ गते गरेको फैसला र फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार बाल सुधार गृहका २२८ जना र नेपालमा रहेका विभिन्न कारागारबाट २१५ जना गरी ४४३ जना बन्दी रिहा भएको कारागार व्यवस्था विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिनुभयो ।

उहाँले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते समेत कानुनले दिएको अधिकार अनुसार १९ किसिमका फौजदारी अभियोग बाहेकका अरु मुद्दाका कैदीबन्दीलाई रिहाइ गर्ने अन्तिम तयारी गरिएको बताउनुभयो । तर कति कैदीबन्दीलाई रिहाइ गरिनेबारे निर्णय भए पनि सार्वजनिक भने सोही दिनमात्रै गरिने उहाँले बताउनुभयो ।

नेपालमा रहेका काठमाडौँ बाहेकका ७४ वटा काराकारमध्ये सम्भव भएसम्म धेरै कारागारमा कोरानाको सङ्क्रमणबाट जोगिने उपायमा कारागार व्यवस्था विभागले सकृयता देखाएको कणेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका ५३ वटा कारागारमा महिला वार्ड र पुरुष वार्ड फरक फरक ठाँउमा राखिएका छन् । नेपालमा हाल २५ हजार २८ जना कैदीबन्दीहरू कारागारमा छन् ।’

विभागका महानिर्देशक कणेलले कारागारबाट अदालत र अस्पताल लाने समयमा कैदीबन्दीहरू कोरोनाबाट असुरक्षित हुने भएकाले देशभरिमा कारागारका कैदीबन्दीसँगै स्वास्थ्यकर्मी, सवारी चालक, अस्पताल र अदालत लैजाने समयका सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीसमेत व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले अदालतमा पिपिइ सेट, मास्क, ग्लोब लगायतका सामाग्रीहरू आवश्यक पर्ने भएकाले धेरै दाताहरूले समेत कारागारमा सहयोग गर्नुभएको बताउनुभयो ।

द आर्ट अफ लिभिङ नेपालका राहत संयोजक बिमलकुमार कोडियाले ५७ थान पिपिइ सेट र अत्यावश्यक स्वास्थ्य सामाग्री कारागार व्यवस्थापन विभागलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय, धनुषा परिसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक रहेको भवन तथा गुल्मीको एक विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरूलाई निक्कै आवश्यक रहेको लुगा धुने मेसिनसमेत हस्तान्तरण गरेका थिए ।

सो स्वास्थ्य सामाग्री नेपालभरीका कारागारमा पठाउने व्यवस्थापन गरिने उहाँले बताउनुभयो । कारागारहरूमा आवश्यक रहेको सामाग्रीहरू राष्ट्रिय मानव अधिकार परिसरले नौ थान पिपिइ र नौ सय थान मास्क, त्यस्तै प्रारम्भिक बाल विकास केन्द्रमार्फत सिएनएन हिरो पुष्पा बस्नेतले एक सय थान पिपिइ, पाँच हजार थान ग्लोब प्राप्त गरेर देशभरlका कारागारमा पठाएको हो ।

नेपालका रहेका कारागारमध्ये सर्लाही र मुगुको कारागार निर्माणको चरणमा रहेको त्यहाँका कैदीबन्दी अन्य कारागारमा पठाइएको र बाँकी सबै कारागारमा यतिबेला कैदीबन्दीहरू कोरोनाबाट सुरक्षित रहेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -