- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘हाम्रो माटो’ गीत सार्वजनिक (भिडियोसहित)

May 23, 2020
879
Shares
- ADVERTISEMENT -

काठमाडौं, १० जेठ २०७७ । ‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटौं नेपाली’ गायक अमृत खातीको शब्द तथा अमृत खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेका अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने बाटाको औपचारिक उद्घाटन गरेपछि नेपाली भूमिको संरक्षणमा सबै जुट्नका लागि उक्त गती सार्वजनिक गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

‘नेपालको भूमि हुँदै भारतले मानसरोवर जाने सडक बनाएको सुनेपछि मनै सिरिङ्ग भयो, आफ्नै छाती थिचिएझैँ महसुस भयो, त्यसपछि गीतमार्फत आवाज उठायौँ ’ गायक अमृत खातीले भन्नुभयो।

नेपाली भूमिको संरक्षणका लागि सार्वजनिक भएको गीतमा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, विक्रमजङ्ग शाह, सिर्जु अधिकारी, अनु अधिकारीको आवाज भरिएको छ । गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, रेकर्डिङ र मिक्सिङ सञ्जय शृपालको रहेको छ । देशभक्ति गीतको निर्देशन र सम्पादन हुम गैरेले गरेका छन् ।

सरकारले अहिले नेपालको आधिकारिक नयाँ नक्सा जारी गरिसकेको छ । गायक खातीका अनुसार गीतमा उठान गरिएका शब्दहरुले सबै नेपालीका लागि हौसला र उत्प्रेरणा प्रदान गर्न सक्ने विश्वास लिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com